प्रदिप मगर विद्यार्थी संघ प्रदेश ५ को अध्यक्ष


यमलाल भुसाल, बुटवल ।

नेपाल मगर विद्यार्थी संघ प्रदेश ५ को प्रथम अधिवशेनबाट अध्यक्षमा प्रदिप घर्तीमगर चयन हुनु भएको छ । संघको बुटवलमा भएको अधिवेशनबाट घर्तीमगर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी उपाध्यक्षमा सिजन राना मगर (गुल्मी), दुई भाषिक उपाध्यक्षमा चित्र रोका मगर (प्युठान) र कमल थापा मगर (रुपन्देही), सचिब प्रेम रोका मगर (बर्दिया), सह–सचिब दिपक दर्लामी मगर (रुपन्देही) र कोषाध्यक्षमा शुमन थापा मगर (कपिलबस्तु) चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा ओम चर्ती मगर (प्युठान), सुमित्रा राना मगर (बाँके), शर्मिला पुन मगर (कपिलवस्तु), राधिका थापा मगर (बर्दिया), तिलक राना मगर (गुल्मी) र राजेश थापा मगर रहनुभएको छ ।

बाँकी रहेका अन्य सदस्यहरु पछि थप गरिने निर्वाचन समितिका संयोजक इन्द्र सारुले जानकारी दिनुभयो ।

नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सचिव दीपु मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापाको प्रमूख आतिथ्यतामा भएको अधिवेशनमा बोल्ने वक्ताहरुले आम विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप पूर्णत जीवनसंग मेल खानुपर्ने कुरामा जोड दिनुभयो ।