धरानमा नेपाली कांग्रेसको अग्रता, नेकपा पछ्याउँदै


न्युज अफ नेपाल, धरान ।

धरान उमहानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता छ ।

धरानको ७ वटा वडाको मत गणना सम्पन्न भइसक्दा नेपाली कांग्रेसका तिलक राईले १० हजार ९ सय ९४ मत सहित ४ सय ७७ मतको अग्रता लिएका छन् ।

नेकपाका तिलक राईले १० हजार ५ सय १७ मत प्राप्त गरेका छन् । जम्मा ५५ हजार ११ मत खसेकोमा २३ हजार ४ सय ९ मत गणना भइसकेको छ ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अमर बहादुर लिम्बूले ५ सय ३४ मत, संघिय समाजवादीका गजेन्द्र लिम्बूले २ सय ६९, साझा पार्टीका राजन श्रेष्ठले ४३ मत प्राप्त गरेका छन् । मत गणना जारि छ ।