उपनिर्वाचन अप्डेटः प्यूठानमा २ वडामा नेकपा र १ मा स्वतन्त्र विजयी

0
Shares

सलिम अन्सारी,प्युठान ।

प्यूठानका स्थानीय तहका ३ वडामा भएको उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

२ वडामा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) र १ मा स्वतन्त्र विजयी भएको छ । ऐरावती गाउंपालीका वर्डा न १ दाङवाङ, र प्यूठान नगरपालीका वर्डा नं २ मा नेकपाले विजय हासिल गरेको हो।

ऐरावती वर्डा नं २ वरौलामा स्वतन्त्र उम्मेद्धवार बिजयी भएका छन। आईतबार सम्पन्न मतगणनामा प्युठान नगरपालिका २ मा नेकपाका मुक्ती प्रसाद पोख्रेल र ऐरावती १ मा दोर्ण प्रसाद पोख्रेलले जितेका छन। त्यस्तै ऐरावती २ मा स्वतन्त्र उम्मेद्धवार भिमेस कुमार घर्ती मगर विजयी भएका छन् ।

ऐरावती वडा नम्वर २ मा नेकपाको सहयोगमा चुनावि मैदानमा

उत्रीएका भिमेस कुमार घर्ती मगरले ३ सय ५१ मतको अन्तरले चुनाव जितेका छन्। लौरो चिन्ह लिएर चुनाब लडेका घर्तिले ८५५ मत पाए भने राजमोका उम्मेद्धवार भक्त बहादुर विकले ५०४ मत ल्याए । नेपाली कांग्रेसका उम्मेद्धवार भुपाल जिसिले ३५६ मत मै चित्त वुझाउनुपर्यो।

०७४ को स्थानीय तह चुनाबमा घर्तीमगर ११ मतले वडाअध्यक्षमा पराजित भएका थिए। ऐरावती १ मा भने झिनो मतान्तरले नेकपाकै दोर्णप्रसाद पाण्डेले जीत हासिल गरेका छन्।

उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्धवार अमर रेस्मिमगरलाई ९ मतले पराजित गर्दै वडाअध्यक्षमा आफ्नो नाम दर्ज गर्न सफल भए । नेकपाका उम्मेद्धबार पाण्डेले ६९६ र उनका प्रतिस्प्रधी काँग्रेसका रेश्मिले ६८७ मत ल्याए।

प्यूठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेकपाका मूक्ती पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिँह विष्टलाई २ सय ८४ मतान्तरले पछी पार्दै पोखरेलले चुनाव जितेका हुन् । पोखरेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । २५ मतबदर भएको छ ।

ऐरावतीका यी दुई वडामा यश अघि राजमोले जित हासिल गरेको थियो। प्युठान नगरपालिका–२का वडा अध्यक्ष खिमबहादुर विष्टको निधन भएकाले र ऐरावती गाउँपालिका–१ का वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र वडा नं. २ वडाका अध्यक्ष केशवराज आचार्य समितिको प्रमुखमा निवार्चित भएपछि तीन वडामा उपनिवार्चन भएको हो ।