कास्की–२ मा विद्या ८ हजार मतले अगाडि, १५ हजार मत गन्न बाँकी


न्युज अफ नेपाल, कास्की ।

कास्की–२ मा भएको प्रतिनिधि सभा सदस्यमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी विद्या भट्टराईले १७ हजार ६ सय ५० मत पाएकी छन्। विद्या ८ हजार मतले अगाडि छिन् ।

शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। आइतबार अपरान्हसम्म ३० हजार ३ सय ३५ मत गणना सकिएको छ ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत पाएका छन्। तेस्रो स्थानमा समाजवादी पार्टीका धर्मराज गुरूङले १३१६ मत ल्याएका छन्। साझा पार्टीकी उम्मेदवार रजनकी केसीले ४५७ मत पाएकी छन्। मतगणना जारी छ।