केन्द्र सरकारको भर परेर अब सुदूरपश्चिम सरकार अल्मलिने छैन : मुख्यमन्त्री भट्ट

0
Shares

विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया,बिपिनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक प्रदेश सरकारको पहिलो प्राथमिक्तामा रहेको बताउनु भएको छ । ताक्लाकोट सडक पुर्‍याउन सके मानसरोवर क्षेत्रमा आउने पर्यटकका कारण यहाँको बिकास हुन सक्ने उहाँले बताउनुभयो । डोटीको जोरायल गाउँपालिका वडान. ५ मा रहेको महेन्द्र आधारभुत बिद्यालयको ५८ औँ वार्षिकउत्सब कार्यक्रमको उद्घाटन गर्न डोटी पुग्नु भएका मुख्यमन्त्री भट्टले सो कुरा बताउनु भएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मुख्यमन्त्री भट्टले खुटिया,बिपिनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक कैलाली र डोटीको बिपिनगर जोड्न करिब करिब अन्तिम चरणमा रहेकाले छिट्टै नै उक्त सडक जोडिने बताउनुभयो । उहाँले भन्नुभयो, “बिकास नचाहने केही तत्वले उक्त सडकमा अवरोध गरेका थिए,प्रदेश सरकारका सामु उनिहरुको केही चलेन,जनताको हितका लागि गरिने कामका लागि हामी पछि हट्नै छैनौँ ।”

सोही कार्यक्रममा मुख्यमन्त्री भट्टले कैलालीको खुटिया देखी डोटीको दिपायल जोड्ने फाष्ट ट्रयाक सडक अहिले बिपिनगर देखी गड्सेरा सम्म जोडिएको र केही समय भित्र बाँकी रहेको ठाउँमा समेत सडक जोडिने दाबी बताउनुभयोे । उहाँले थप भन्नुभयो, “बिपिनगर,गड्सेरा सम्म सडक जोडिसकोक छौँ,केही दिनमा बाँकी रहेको कामपनि पुरा हुने छ,बिकासका लागि केन्द्र सरकारको भरमा परेर अब सुदूरपश्चिम सरकार अल्मलिने छैन् ।” त्यस्तै डोटीको जोरायल देखी गड्सेरा जोड्ने सडकमा यो आर्थिक वर्षमा कुल रु ७७ करोड बजेट बिनियोजन गरिएकोले उक्त सडक चाडै गड्सेरा जोडिएर पिचको काम सुरु हुने जानकारी दिनुभयो ।

प्रदेश सरकारले यहाँका पहाडी जिल्लाको बिकास गर्नकालागि निकै सम्बेदनसिल भएकाले समग्र सुदूरपश्चिम प्रदेशको बिकासकालागि प्रदेश सरकार लागि परेको बताउनुभयो । उहाँले थप भन्नुभयो, “सुदूरपश्चिमको बिकासका लागि प्रदेश सरकार खप्तड सहित अन्य पर्यटन क्षेत्रको बिकास सहित सडक पिच तथा ताक्लाकोट सडक निर्माणमा जुटेको छ,हामी आफनै लगानीमा यहाँका बिकासे कामहरु गर्ने छौँ ।

एक छुट्टै प्रशंङ्गमा मुख्यमन्त्री भट्टले गाउँको बिकास गर्न सडक, शिक्षा,स्वास्थ्य र बिद्युतको पहिलो आवस्यक भएकाले प्रदेश सरकारले ति कुराहरुलाई पहिलो प्राथमिक्तामा राखि काम गरीरहेको बताउनुभयो । त्यस्तै मुख्यमन्त्री भट्टले सरकारी कर्मचारी तथा शिक्षकहरुका छोरा छोरी सरकारी स्कुलमा अनिर्वाय पढाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म मुख्यमन्त्री हुँ, मैले छोरा छोरी राम्रो नाम चलेको बोडिङ स्कुलमा पढाउ सक्थे तर मेरा छोरा छोरी सरकारी स्कुलमा छन्,अब यो प्रदेशका सबै सरकारी कर्मचारीका छोरा छोरीपनि सरकारी स्कुलमा पढाउनु पर्छ,निजीमा पढाउने हैन ।” महेन्द्र आधारभुत बिद्यालयको ५८ औँ वार्षिकउत्सब कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मुख्यमन्त्री भट्टले भन्नुभयो, “हामी फरक तरीकाले बिकास गर्दैछौँ,यो प्रदेशमा बिकासका अथाह सम्भावना छन्,ईच्छा शक्ति भए सबैकाम सम्पन्न हुने छ ।”

त्यस्तै कार्यक्रमका अर्का बिसिष्ठ अतिथी तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले महेन्द्र आधारभुत बिद्यालय पढाई देखी अन्य किसिमको बिकासकालागि गाउँपालिकाले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुल र यहाँका बिद्यार्थीको भविष्यको बिकासकालागि के गर्नु पर्छ गाउँपालिका तयार छ, यो बिद्यालयमा भवन निर्माण गर्न गाउँपालिकाले तत्कालै रु १६ लाख दिने छ ।” सोही कार्यक्रममा मुख्यमन्त्री भट्टलाई महेन्द्र आधारभुत बिद्यालयका प्रअ भानुभक्त थापा ,नबोदय माबीका प्रअ फणेन्द्र खडायतले बिद्यालयको स्तरोउन्ती गर्नकालागि आफना माग सहितका ज्ञापनपत्र पेश गरेका थिए ।