नाली खन्ने क्रममा ढिस्को झर्दा पाँचजना पुरिए


न्युज अफ नेपाल, पोखरा ।

पोखरामा नाली खन्ने क्रममा ढिस्को झर्दा पाँचजना पुरिएका छन् ।

पोखरा–२० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएको वडाध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो ।

चार जनाको शव निकालिएको छ भने एकको उद्धार कार्य जारी रहेको छ ।

ढिस्को झर्दा पुरिनेमा तोवन बस्नेत, चोगेन्द्र बुढाथोकी,, गणेश ओलि , सिमलाल ओलि, जित बहादुर बस्नेत रहेका छन् । बाटो निर्माणको क्रममा पर्खाल लगाउदै गर्दा माटोले पुरिएको स्थानिय तिल बहादुर गुरुङले जानकारी दिनुभयो ।