एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्कीँदा छ जनाको मृत्यु


न्युज अफ नेपाल, सुनसरी ।

सुनसरीको कोशी गाउँपालिकामा एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्कीँदा छ जनाको मृत्यु भएको छ ।

विराटनगरबाट मृतकलाई लिएर उदयपुरतर्फ जाने क्रममा विपरीत दिशाबाट आएको ट्रक र एम्बुलेन्स हरिपुरमा दुर्घटना भएको हो । एम्बुलेन्समा सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६४ नम्बरको एम्बुलेन्स ठोक्किएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपापलिकाका चालक एम्बुलेन्स राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई र दिनेश राईको मृत्यु भएको हो ।

विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको शिवमाया राईको शव बोकेर एम्बुलेन्स उदयपुरतर्फ जाँदै थियो । बीचैमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतकहरुको शव सुनसरी जिल्ला अस्पताल इनवरुवामा राखिएको छ ।

पूर्वपश्चिम राजमार्गको हरिपुरमा पूर्वबाट पश्चिम उदयपुरतर्फ जाँदै गरेको एम्बुलेन्स वीरगञ्जबाट पूर्वतर्फ आउँदै गरेको मालबाहक ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

मध्यरातमा हुस्सु लागेको कारण भिजिविलिटीमा समस्या भई सवारीसाधन जुधेका हुन सक्ने प्रहरीको अनुमान छ ।