प्युठानमा नेकपा विजयी


न्युज अफ नेपाल, प्यूठान ।

प्यूठान नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपाका मुक्ति पोख्रेलले १ हजार १ सय २७ ल्याइ विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार मोहन सिंह विष्टलाई दुई सय ८४ मतअन्तरले पछि पार्दै नेकपाका पोख्रेल दाखाक्वाडी वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

विष्टले ८ सय ४३ मत पाएका छन् । यस वडामा राष्ट्रिय जनमोर्चाले नेकपाका पोख्रेललाई साथ दिएको थियो ।