अर्घाखाँचीको मालारानी–३ मा नेकपाको किल्ला तोडियो, कङ्ग्रेस बिजयी


न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका ३ मा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवारले १ हजार १ सय ५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १ हजार ५३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा पहिले तत्कालिन एमालेका जीवन चौहानले जितेका थिए ।

उनको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन गर्नुपरेको हो ।

उक्त वडाको उपनिर्वाचनमा कुल मतदाता संख्या–३०११ मध्ये महिला–१२३४, पुरुष–१००१ गरी कुल २२२५ मत खसेको छ । शान्तिपूर्ण उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ ।