रौतहटको गढीमाई–२ मा कांग्रेस विजयी


न्युज अफ नेपाल, रौतहट ।

रौतहटको गढीमाई नगरपालिका–२ मा कांग्रेसका उम्मेद्‍वार दिपेन्द्र श्रेष्ठ १ सय ७५ मतले श्रेष्ठ विजयी भएका छन् ।

उनले ७ सय ७१ मत पाएका छन् भने नेकपाका जवार मियाले ५ सय ९६ मत पाए ।

त्यसैगरी समाजवादीले १ सय २२ राजपाले १६ र जनमत पार्टीले १२ र राप्रपाका उम्मेद्‍वारले ४ मत पाएका छन् । २८ मत बदर भएको छ ।

उक्त वडामा १ हजार ८ सय २२ मतदाता रहेको मा १ हजार ५ सय ४४ मत खसेको हो ।