बाजुराको त्रिवेणीमा नेकपाको जित


न्युज अफ नेपाल, बाजुरा ।

बाजुराको त्रिवेणी नगरपालिका–१ मा नेकपाका उम्मेद्‍वार मनराजे बुढा ३६७ मत पाएर वडा अध्यक्षमा विजयी भएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत पाए । त्यस्तै, राप्रपाका मीन ढोलीले २ मत ल्याए ।

११ मत बदर भएको छ ।