रामेछापको उमाकुण्ड– ५ मा नेकपाले जित्यो


रामचन्द्र विक, रामेछाप ।

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –५ प्रितिमा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ७ सय ६९ मत ल्याउँदै नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत बिजयी हुनुभएको छ ।

त्यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार साबित्री सुनुवारले ३ सय ८० मत ल्याउनुभएको छ ।

समाजबादी पार्टीका उम्मेदवार राजकुमार सुनुवारले १० मत र राप्रपा संयुक्तका उम्मेदवार हर्क बहादुर तामाङले ७ मत ल्याएका छन् ।

१ हजार ७ सय ४८ मतदाता रहेको वडामा १ हजार १ सय ७२ मत खसेको थियो ।

यस अघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट कुवेर खत्री वडा अध्यक्षमा निर्वा्चित हुनुभएको थियो ।

तर डेढ बर्ष अघि खत्रीको निधन भएपछि शनिबार उक्त वडामा निर्वाचन भएको हो ।