कपिलवस्तुमा राजपाकी मिश्र ८ सय ६८ मत ल्याई विजयी


न्युज अफ नेपाल, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१० मा राजपाकी उम्मेदवार मन्जु मिश्रले ८ सय ६८ मत ल्याई विजयी भएकी छिन्।

निर्वाचन कार्यालयका अनुसार १ हजार ७ सय २२ मत खसेको थियो । जसमध्ये २१ मत बदर भएको छ।

नेपाली काग्रेसका देव भारतीले ४ सय ६५ मत ल्याएका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११, मत प्राप्त गरे।