उपनिवार्चन अपडेटः काभ्रेमा नेकपाका देवप्रसाद विजयी


न्युज अफ नेपाल, काभ्रे ।

काभ्रेको धुलिखेल नगरपालिका–२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ।

नेकपाका देवप्रसाद कोइरालाले ८ सय ६८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका दर्णबहादुर खत्रीले ५ सय ८२ मतमा चित्त बुझाए।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का वासु थापाले ६ मत ल्याए भने राष्ट्रिय जनता पार्टी नेपाल कृष्ण बहादुर तामाङले १५ मत ल्याएका छन् ।

कुल मतदता १ हजार ८ सय ७७ रहेका यहाँ जम्मा १ हजार ५ सय २ मत मात्रै खसेको थियो।