बागलुङमा नेकपाका शेरचन विजयी


न्युज अफ नेपाल, बागलुङ ।

बागलुङको बडिगाड गाउँपालिका–२ को वडाअध्यक्षमा नेकपाका ढालेन्द्र शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल बहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन्।

समाजवादी पार्टीका हरीलाल रानाले ६ मत प्राप्त गरे ।

वडाअध्यक्षको निर्वाचनमा नेकपाबाट उम्मेदवार शेरचनलाई राष्ट्रिय जनमोर्चाले सघाएको थियो।

१२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।