लमजुङमा नेकपाका श्रेष्ठ विजयी


न्युज अफ नेपाल, लमजुङ ।

लमजुङको सुन्दरबजार–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नवीनकुमार श्रेष्ठ ९ सय ९३ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सेँढाईले ४८२ मत ल्याएका छन्।

राप्रपाका पवन राज बसौलाले १६ मत प्राप्त गरे । सो वडामा स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर केसीले १२ मत ल्याएका छन्।

सो वडामा कुलमा ११ मत बदर भएको थियो।