अछाममा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप


न्युज अफ नेपाल, अछाम ।

अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा नेकपा निकट विद्यार्थी नेता गम्भीर घाइते भएका छन्।

साउदलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ। मतदान कार्य सम्पन्नपश्चात भएको झडपमा परी साउद घाइते भएका हुन्।

‘मतदान सकेर मतादाता घर फर्किसकेका थिए। एकाएक दुई दलका कार्यकर्ताबीच विवाद भयो’ स्रोतले भन्यो ।

झडपलाई नियन्त्रण गर्नको लागि प्रहरीले हवाईफायरसमेत गरेको छ। अहिले गणनास्थलमा आवतजावतमा समस्या भएको छ ।

यसैबीच मेल्लेख गाउँपालिका–५ विन्देबासिनिमा भएको उपनिर्वाचनमा १३५६ मत खसेको छ। उक्त वडामा १ हजार ९ सय ४ मतादाता रहेका छन्।

उक्त वडामा नेकपाबाट रमेश खड्का र कांग्रेसका वीरबहादुर बोहरा चुनावी प्रतिस्पर्धामा छन्।