कास्की-२ मा ६३.४० प्रतिशत मतदान


न्युज अफ नेपाल, पोखरा ।

प्रतिनिधि सभाका लागि भएको मतदानमा ४५ हजार ५६३ मत खसेको छ । शनिबार भएको उपनिर्वाचन अर्न्तगत कास्की-२ मा ६३.४० प्रतिशत मतदान भएको हो ।

कुल ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।