विप्लवले सीमा बचाऊ अभियानले जारी गरेको नक्शासहित प्रदर्शन गर्ने


न्युज अफ नेपाल, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सीमा अतिक्रमणविरुद्ध विरोध कार्यक्रमको घोषणा गरेको छ । सनिबारविप्लव समूहका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी विरोध प्रदर्शनको घोषणा गरेका हुन् ।

सीमा बचाऊ अभियानले हालै सार्वजनिक गरेको नक्शा बोकेर विरोधका कार्यक्रम गर्ने भएको छ । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत ७१ स्थानमा सीमा मिचेको भन्दै २२ मंसिरमा काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने तय गरेको छ । सीमा बचाऊ अभियानले जारी गरेको नक्शासहित प्रदर्शन गर्ने उल्लेख छ ।

सीमा बचाऊ अभियानमा पूर्व प्रधानन्याधीश सुशीला कार्की, वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व सचिव डा. द्धारिकानाथ ढुंगेललगायत प्रवुद्ध व्यक्तिहरु छन् ।

विप्लव समूहले १५ मंसिरबाट विरोधका कार्यक्रम तय गरेको छ । जस अनुसार भोलि जुलुस निकालिने भएको छ । १७ मंसिरमा सीमा अतिक्रमणबारे अन्र्तक्रिया, १९ गते नक्सा प्रचार, २० गते नक्शा प्रदर्शन, २२ गते भारतीय दूतावास अगाडि प्रदर्शन, २४ गते ज्ञापनपत्र बुझाउने र २६ गते साहित्यिक कार्यक्रम गर्ने तय गरेको छ ।

कालापानीको विषय उठिरहँदा विप्लव समूह मौन रहेको अवस्थाबीच उसले एकाएक विरोधका कार्यक्रम घोषणा गरेको हो ।