पीडा लुकाए ‘डिप्रेसन’


न्युज अफ नेपाल, काठमाडौँ ।

मानिसको मनभित्र अदृश्यरुपमा रहने पीडाको मनोवैज्ञानिक रूपमा उपचार नगर्दा डिप्रेशन भई अकालमै मृत्यु हुने भएकाले समयमा नै सचेत रहन सरोकारवालाहरूले आग्रह गरेका छन् ।

रोटरी क्लब अफ बालाजुद्वारा शनिवार आयोजित ‘पेन म्यानेजमेन्ट (पीडा व्यवस्थपन) सम्बन्धी छलफल’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. निन्दिनी श्रेष्ठले दुःख–पीडाको व्यवस्थापनका विभिन्न तरिकाको चर्चा गर्दै नदेखिने पीडालाई मनोवैज्ञानिक रूपमा समाधान गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा रोट्रेयनहरू केदार प्रधान, धर्मराज अधिकारी, युद्ध ओली, मनबहादुर लामिछाने लगायतले पीडा व्यवस्थापनका आ–आफ्ना अनुभव सुनाउनुभयो ।