कन्चनपुरमा ५० प्रतिशत भन्दा बढी मत ल्याइ नेकपा बिजयी


न्युज अफ नेपाल, कन्चनपुर ।

कन्चनपुरको पुनर्वास नगरपालिका वडा न ३ को अध्यक्षमा नेकपाका क. कृष्ण बहादुर तामाङले खसेको मत को ५० प्रतिशत भन्दा बढी ल्याइ बिजयी भएका छन् ।

११९९ मतदाता भएको उक्त वडामा नेकपाका तामाङले ५२८ प्राप्त गरेका छन् । काङग्रसका दीप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन। त्यस्तै पदम शाहीले ७९ मत, भीम तामाङले ७४ मत प्राप्त गरेका छन् ।