वादविवादमा रेजिना बनिन् सर्वोत्कृष्ट


न्युज अफ नेपाल, काठमाडौँ ।

विज्डम इङ्लिस एकेडेमीले आयोजना गरेको वादविवाद प्रतियोगितामा ज्योति एकेडेमीकी छात्रा रेजिना कुँवर प्रथम भएकी छिन् । काठमाडौं १६ विद्यालयका ३२ प्रतिस्पर्धीमध्ये कुँवर सर्वोत्कृष्ट भएकी हुन् ।

एकेडेमी परिसर कलंकीमा आयोजित प्रतियोगितामा रिब्स स्कुलकी सम्प्रदा अधिकारी द्वितीय र हार्टल्याण्ड स्कुलका विनोद गुरुङ तृत्तिय स्थान प्राप्त गरे ।

वेस्ट प्वाइन्ट स्कुलकी एरिका जोशीले सान्तवना पुरस्कार प्राप्त गरिन् । ‘भविष्य निर्माणमा बुवाको भन्दा आमाको भूमिका बढी हुन्छ’ भन्ने शीर्षकमा विद्यार्थी वीच प्रतिस्पर्धा भएको हो ।

विज्डम एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको वादविवाद प्रतियोगिता यसपटकको तेस्रो संस्करण हो । यसपटकको प्रतियोगिताको निर्णायकमा पाटन बहुमुखी क्याम्पसका सह–प्राध्यापक अवतार सुवेदी र साहित्यकार जितु खड्का रहनु भएको थियो ।

सर्वोत्कृष्ट छात्र–छात्रालाई विज्डम एकेडेमीका अध्यक्ष पुरुषोत्तमप्रसाद अधिकारी र प्रिन्सिपल शिवप्रसाद अधिकारीले ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।

सबै सहभागी विद्यार्थीले प्रमाणपत्र पाए । समसामयिक र सार्वजनिक महत्वका विषयवस्तुबारे अद्यावधिक हुन र विद्यार्थीमा अन्तरनिहित सिर्जनालाई प्रस्फुटन गराउने उद्देश्यका साथ विज्डममा अन्तर विद्यालयस्तरिय विविध प्रतियोगिता हुँदै आएको प्रिन्सिपल अधिकारीले बताउनुभयो ।