जुंगाको लडाइकै कारण वनभित्र समस्याहरु निम्तीएका छन्ः मन्त्री गिरी


यमलाल भुसाल, बुटवल ।

प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले समुदायिक वनको संरक्षण र विकास गर्दै बनलाई आयश्रोतको बलियो माध्यम बनाउन सकिने बताउनु भएको छ ।

बन जस्तो प्राकृतिक सम्पदाबाट प्राप्त हुने आयश्रोतलाई बर्गीय हिसावले तल परेका समुदायको आर्थिक समुन्नतीकालागि प्रयोग गर्नु पर्नेमा मन्त्री गिरीले जोड दिनुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा रहेको शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभालाई शनिबार सम्बोधन गर्दै मन्त्री गिरीले बनलाई पर्या पर्यटनसंग जोड्दै अन्य आयआर्जनका कार्यक्रमहरु गर्न सकिने बताउनु भयो ।

बनको विकास र यसबाट हुने आयश्रोतको सहि सदुपयोग गर्ने सम्बन्धमा पछिल्लो समय जुंगाको लडाइ देखिएको भन्दै मन्त्री गीरीले सरकार,सम्बन्धीत निकाय तथा उपभोक्ताहरु सबैले बिधि बिद्यानमा टेकेर अगाडी बढ्नु पर्नेमा जोड दिर्नु भयो ।

शंकर सामुदायिक बन र बनभित्र संचालन भइरहेको बनबाटिकाबिच केही समस्याहरु सतहमा देखिएको र ती समस्या जुंगाको लडाइकै कारण निम्तीएको मन्त्री गीरीको भनाइ थियो ।

सामुदायिक बन भित्र निर्माण गरीने पर्यटकीय या अन्य संरचनाहरु तथा तीनको संचालनकालागि बन्ने समितिहरु बन अन्तर्गत नै रहनु पर्नेमा मन्त्री गिरीले जोड दिनुभयो ।

स्थानीय सरकारले बनाइरहेको टावर निर्माणलाइ कानुनी हिसावले नियमन गर्नु पर्ने बताउनु भयो । सामुदायिक बनमा पर्या पर्यटनको प्रचुर सम्भावना रहेकाले प्रदेश सरकारले चिडियाखाना र बनस्पती उद्यान निर्माण गर्न सकिने उहाँले बताउनु भयो ।

त्यसअघि बन उपभोक्ता समितिका पदाधिकारी तथा सल्लाहकारहरुले समुदायिक बन भित्र निर्माण गरीएको बन बाटिकालाइ स्थानीय सरकारले स्वायत्त निकायको रुपमा अगाडी बढाउन खोजेको र बन संगको समन्वय बिनै भौतिक संरचना निर्माण गरीरहेको भन्दै असमती प्रकट गरेका थिए ।

त्यसको जवाफमा तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले नगरसरकार आफनो अधिकार क्षेत्रबारे जानकार रहेको र बिधि बिद्यानमै टेकेर बनबाटिकाको विकाससगै भ्युटावर निर्माणलाइ गति दिइएको जवाफ दिर्नु भयो ।

अन्यत्र पनि सामुदायिक बन भित्र पर्यटकीय संरचना निर्माण गरी छुट्टै समिति मार्फत संचालन भइरहेको दृष्टान्त प्रस्तुत गर्दे नगरप्रमुख घिमिरेले उपभोक्ता समितिका केही व्यक्तिहरुले नगर सरकारलाइ नटेरेको भन्दै आक्रोस पोख्नु भयोे ।

हिजो तपाइहरुले के के गर्नु भो के के संरचना निर्माण भएका छन मलाइ थाहा छैन र ?। हिजो बन ऐन थिएन ? हिजोका मन्त्रीहरु माननीयहरु दिपक बोहोरा, माननीय बिष्णु पौडेल ज्युहरुले आउदै उदघाटन गर्दै गर्दा तपाइहरु कहाँ जानुभाथ्यो ।

आज तपाइहरुले जोर जुलुम गर्ने? हामीलाइ दुख्ख दिने ?नगरप्रमुख घिमिरेले आक्रोस पोखे । नगरपालिकाले गरेका विकासका काममा कसैले अवरोध सृजना गर्न नसक्ने भन्दै उनले कुनै एउटा काम रोकेर हेर्न चुनौती समेत दिनु भयो ।

बन उपभोक्ता समितिका अध्यक्ष राम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बन कार्यलयका प्रमुख इन्द्र पछाई,कानुनी सल्लाहकार खुमाकान्त पौडयाल, काँग्रेस महासमिति सदस्य यमबहादुर खत्री, प्रेमनारायण खरेल, दिनानाथ आर्चाय, प्रेमबहादुर भण्डारी, जेपि कँडेल, टेकबहादुर थापा, माथवर सिंह सलामी, टंक पौडेल, विश्वरञ्जन मिश्र, हरी प्रसाद तिवारी, ध्रुव धिताल, रबिन्द्र बस्नेत, इन्दु थापा, दिवाकर, देवि सापकोटा लगायतले बोल्दै पोथ्रा पोथ्रा भएको बनलाई हराबरा बनाउदै नमुना सामुदायिक बनको रुपमा विकास गर्न समुदायको महत्वपुर्ण भुमीका रहेको बताउनु भयो ।

समुदायिक बन जोगाउन महत्वपुर्ण भुमीका खेलेका उपभोक्ता र बनलाइ नै बाइपास गरेर स्थानीय सरकारले संरचना निर्माण तथा तीनको संचालनको जस एकलौटी लिन खोजेको गुनासो गरेका थिए ।

वक्ताहरुले संघियता कार्यान्वयन सगै बनेका ऐन नियमहरु पनि समुदायीक बन मैत्री नभएको भन्दै सुधारकालागि सरकारलाइ आग्रह गरको छन ।