कपिलवस्तुमा एक पुरूषकाे हत्या


न्युज अफ नेपाल, कपिलवस्तु ।

कपिलवस्तुमा एक पुरूष हत्या भएको अवस्थामा घरमै फेला परेका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा ५० बर्षिय धनराज पौडेलको हत्या भएको अवस्थामा आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

शुक्रबार दिउँसो घटना भए पनि प्रहरीले साँझ ७ बजे मात्र घटना बारे थाहा पाएको थियो । ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरीका अनुसार पौडेलको घाँटी, टाउँको र शरीरका अन्य विभिन्न स्थानमा गम्भिर चोट लागेको छ ।

अर्घाखाँचीबाट बसाई सरेर गोरुसिंगे आएका उनी मंसिर १३ गतेदेखि हराएका थिए । उनी हराएको भन्ने सुचनाको आधारमा प्रहरीले खोजतलाश गर्दा कोठामा मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार साँझ मात्र प्रहरीले उनको शव भेटाएको थियो ।

उनलाई धारिलो हरियारको प्रयोग गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनाको आरोपमा प्रहरीले मृतककी बुहारी लक्ष्मी पौडेललाई नियन्त्रणमा लिइएको छ । शवलाई परिक्षणका लागि कपिलवस्तु अस्पताल लगिएको छ ।