गाउँमै आँखा क्लिनिक संचालन, महंगोमा उपचार गर्नुपर्ने बाध्यताको अन्त्य


बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको फिक्कल गाउँपालिकामा ग्रामीण आखाँ क्लिनिक संचालन भएको छ । फिक्कल गाउँपालिका, तिलगंगा आखा प्रतिष्ठान र सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा आखाँ केन्द्र सन्चालन भएको हो ।

फिक्कल गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षतामा आयोजित एक कार्यक्रमका विच सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीले आखाँ केन्द्रको उद्घाटन गर्नुभएको हो ।

केन्द्रको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य पहाडीले ग्रामीण आँखा क्लिनिक केन्द्रले ग्रामीणभेगका जनताका आखाँका रोगहरु अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ग्रामीणभेगका जनतालाई बाहिर गएर महंगोमा उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न केन्द्र संचालनमा ल्याइएको फिक्कल गाउपालिका अध्यक्ष धन बहादुर कार्कीले बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रदिप कटुवाल, तिलगंगा आखा प्रतिस्ठानका डा. मोहन कृष्ण श्रेस्ठ, सामुदायिक आखा केन्द्र रामेछापका अध्यक्ष डा. सुमन कर्मचार्य, हरि कार्की, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फिक्कलका अध्यक्ष राम प्रसाद भण्डारीले मन्तब्य राख्नुभएको थियो ।