ग्यांस सिलण्डिरमा भएको सिण्डिकेटको अन्त्य गर्न व्यवसायीको माग


यमलाल भुसाल, बुटवल ।

ग्यांस विक्रेता व्यवसायीले ग्यांसको व्यवसायबाट जीविकोपार्जन गर्न नसकिने बताएका छन् । ग्यांस सिलण्डिरको वितरणमा हुंदै आएको सिण्डिकेट र न्यून नाफामा व्यवसाय गर्दा व्यवसायीले समस्या झल्नु परेको गुनासो गरको छन ।

ग्यांस विक्रेता संघ रुपन्देहकिो तिलोत्तमा शाखाको शनिबार सम्पन्न आठौं साधारण सभा तथा चौथौ अधिवेशनमा बोल्ने व्यवसायीले यस्तो बताएका हुन् । ग्यांस व्यवसायको विक्री वितरणलाई व्यवस्थित गरी सिडिण्केट हटाउनु पर्ने व्यवसायिको मागरहेको छ ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले हरेक पेशा व्यवसायलाई नागरिकमुखि बनाउनु पर्ने बताउनु भयो ।
उहांले समयको मागलाई ध्यानमा राखेर उपभोक्ताको मन जितेर गरिने व्यसायमा मात्र फस्टाउने बताउनु भयो ।

ग्यांस व्यवसायिका समस्याप्रति तिलोत्तमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउंदै भोली पाइपलाइनबाट ग्यांस वितरण गर्न सकिने भएकाले व्यवसायिलाई त्यसप्रति पनि सचेत बन्न आग्रह गर्नुभयो ।

उहांले तिलोत्तमा नगरलाई धुमपान निषेधित नगर बनाउने बताउनु भयो । सबै नगरवासी र सबै क्षेत्रका व्यवसायीहरुको सहयोगमा नगरलाई पलाष्टिकमुक्त नगर बनाउन सकिने बताउनु भयो । ग्यांस विक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदीपप्रसाद पन्थले ग्यांस विक्री गर्दा व्यवसायीले नाफा कमाउन नसकेको बताउनु भयो ।

कार्यक्रममा संघका भैरहवा शाखा अध्यक्ष राममिलन यादव, ग्यांस विक्रेता संघ प्रदेश पांचका महासचिव नारायण नेपाल, व्यवसायी हरिलाल पाण्डे, सुदिप कंडेल, सिद्वार्थ ग्यांस उद्योगका व्यवस्थापक सुशील नेपाल लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

संघका अध्यक्ष ज्ञानेन्द्र बञ्जाडेको अध्यक्षता र सचिव शालिकराम वस्तीको सञ्चालनमा कार्यक्रम भएको थियो ।