कट्टुभित्र लुकाएर राखेको ब्राउनसुगरसहित एक जना पक्राउ


न्युज अफ नेपाल, सुर्खेत ।

सुर्खेतबाट ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बेलुका वीरेन्द्रनगर–११ स्थित सुब्बाकुना चेकपोष्ट नजिकैबाट बर्दियाको मधुवन नगरपालिका–५ का ३४ वर्षीय दीनेश थापालाई कट्टुभित्र लुकाएर राखेको अवस्थामा तीन ग्राम एक सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भे ५ प ४७७१ नम्वरको स्कुटीमा वीरेन्द्रनगर आउँदै गरेका थापाले बुट्टेद्धार कट्टुभित्र गोजी बनाएर लुकाई–छिपाई राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद गरिएको हो ।

लागुऔषधसँगै प्रहरीले उनको साथबाट ८४ हजार ८२० रुपैयाँ पनि बरामद गरेको छ ।

यस सम्वन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।