त्रिभुवन विश्वविद्यालय सुधारका लागि १५ बुँदे योजना सार्वजनिक


न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुपति प्राध्यापक डा. धर्मकान्तद्दारा विश्वविद्यालय सुधारका लागि १५ बुँदे योजना सार्वजनिक भएका छन्।

विश्वविद्यालय परिसर कीर्तिपुरमा ‘कम्पाउण्ड वाल’ निर्माणदेखि हरेक कलेजमा राम्रो कक्षा कोठा र चमेना गृहसम्म निर्माण गर्ने बास्कोटाको योजना रहेको बताउनु भएको छ।

शुक्रबार सार्वजनिक गरिएको उक्त योजनामा उहाँले सार्वजनिक गरेको योजनाको पहिलो बुँदामा विश्वविद्यालयको भौतिक पूर्वाधारको सुधार गर्ने रहेको छ।

त्यस्तै विश्वविद्यालय हाताभित्र इन्टरनेटको वयवस्था, प्रशासनिक र आर्थिक क्रियाकलापमा प्रविधिको विस्तार, शिक्षक, कर्मचारी, विद्यार्थी तथा विश्वविद्यालयका सम्पत्तिको लगन अद्यवधिक गर्ने बाँस्कोटाको योजना रहेको छ।

अनुसन्धान कार्यलाई प्राथमिकता दिने, शैक्षिक पात्रोलाई व्यस्थित गर्ने तथा कडाईका साथ कार्यान्वयन गर्ने, परीक्षा प्रणालीमा सूचना प्रविधिको विस्तार गर्ने, प्रादेशिक परीक्षा नियन्त्रण कार्यालय स्थापना गर्ने कामलाई बास्कोटाले प्राथमिकतामा राख्नुभएको छ।

बजारमुखी, स्वरोजगारमुलक तथा मुलुकको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने, प्राध्यापकको क्षमता अभिवृद्धि गरि पेशाप्रति उतप्रेरणा जनाउने, आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको नियमनलाई प्रभावकारी बनाउने, उच्च शिक्षाका लागि नेपालबाट विदेश जाने र विदेशबाट नेपाल आएर अध्ययन गर्न चाहनेको समस्यालाई सहजीकरण गर्दै लैजाने योजना सारिएको छ।

त्रिवि आलुम्नाईलाई विश्वविद्यालयको हितमा प्रयोग गर्ने, त्रिविका ऐन नियमलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने लगायतका कामलाई पनि प्राथमिकता दिएको बास्कोटाले बताउनुभएको छ।