रोकिराखेको ट्रकमा बस ठोक्किदा १४ घाइते, एकको अवस्था गम्भिर

0
Shares

न्युज अफ नेपाल, चितवन ।

गाइघाटमा रोकिराखेको ट्रकमा बस ठोक्किदा चौध जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ गइरहेको ना ४ ख ९८१९ नम्बरको बस, बिग्रिएर रोकिराखेको ना ५ ख ९१९७ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त उक्त बसमा ३६ जना यात्रु सवार थिए । घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते मध्ये एक गम्भिर रहेको प्रहरीले बतायो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका बसचालकको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।