संस्कृत भाषालाई शिक्षाबाट बञ्चित गराउनु दुःखद : सांसद माझी

0
Shares

न्युज अफ नेपाल, मन्थली ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश नं ३ कि साँसद रिता माझीले संस्कृत भाषालाई शिक्षाबाट बञ्चित गराउनु दुःखद रहेको बताउनु भएको छ ।

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा मन्थली मा.वि. मा सञ्चालित स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा २०७६ हाजिरी जबाफ प्रतियोगिता कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुहुदै सांसद रिता माझीले संस्कार र संस्कृति नै राष्ट्रका प्राण हुन्, जुन संस्कृत भाषाबाट शुरु भएको हो, हाल यसलाई शिक्षाबाट बञ्चित गराई कम्प्युनिष्ठ सरकार र जनयुद्ध गरेका नेताहरुले शिक्षा माथिको मौलिक अधिकार समेत हनन गरेका छन् भनि आरोप लगाउनु भएको छ ।

प्रतियोगितामा १४ वटा स्कुल बाट ५ सय भन्दा बढि बिद्यार्थिहरु परिक्षामा सहभागी भएका थिए । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार वितरण गरिएको थियो भने ५ जना बिद्यार्थिलाई १ हजार को दरले सान्त्वना पुरस्कार समेत प्रदान गरिएको थियो । सहभागी स्कुलले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत, राप्रपा रामेछाप जिल्ला अधयक्ष रामचन्द्र कंडेल मन्थली मा.वि.का प्रधानाध्यापक टंक प्रसाद दाहाल, पुर्व प्रधानाध्यापक गुञ्ज बहादुर श्रेष्ठ लगायतले आफ्ना मन्तब्य राखेका थिए । कार्यक्रम पुरषोत्तम घिमिरेको सभापित्वमा सम्पन्न भएको थियो ।