मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विदेशी नागरिक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलबाट एक किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पासपोर्ट नम्बर इएफ ७९९७८८२ रहेका सा लुतुइ नाम गरेका विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।

तिब्बत एयरलाइन्सको उडानबाट काठमाडौं आएका उनलाई शुक्रबार बेलुका ७ बजे विमानस्थलको आवागमनतर्फ वाक थ्रुमा चेकजाँचका क्रममा मलद्वारमा लुकाइ राखेको सुनसहित प्रहरीले पक्राउ गरेको हो।