पोखराका दुई मतदान केन्द्रमा बम बिस्फोट

0
Shares

न्युज अफ नेपाल, कास्की ।

उच्च सुरक्षाका बाबजुद पोखराका दुई मतदान केन्द्रमा बम बिस्फोट भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ स्थित रहेको शान्ती माबी मतदान केन्द्रमा बम बिस्फोट भएको छ । बिस्फोटमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बिस्फोटपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ ।

यस्तै पोखराकै वडा नं ९ को नवप्रभात मावी केन्द्र परिसरमा पनि बिस्फोट भएको छ । उक्त बिस्फोटमा पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त विष्फोट बारे खोजी कार्य जारी गरिरहेको प्रहरीले जनाएको छ ।