साढे २ लाख घुस रकमसहित इन्जिनीयर पक्राउ

0
Shares

न्युज अफ नेपाल, कञ्चनपुर ।

शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनीयर त्रिलोक जोशीलाई शुक्रबार घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।

जोशीलाई दुई लाख ५० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो । ठेक्काको काममा कमिशन मागेको भन्ने सूचना पाए लगत्तै जोशीलाई पक्राउ गरिएको टोलले बतायो ।

पक्राउ परेका जोशीमाथि थप अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ ।