सैनिक मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सेनापति थापाको प्रतिवद्धता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापालाई सेनाद्वारा सञ्चालित मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न निर्देशन दिएका छन् ।

सेनाद्वारा सञ्चालित मेडिकल कलेजले पनि विद्यार्थीबाट बढी शुल्क लिएको भनेर चर्को आलोचना हुँदै आएपछि शुक्रबारे मन्त्री पोखरेल थापालाई सो निर्देशन लिएका हुन् । बैठकमा शिक्षा सचिव महेश प्रसाद दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्री कृष्ण गिरीको उपस्थिति रहेको थियो ।

मन्त्री पोखरेलको निर्देशनपछि प्रधान सेनापति थापाले एक दुईदिन भित्रै शुल्क फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

सरकार र निजी मेडिकल कलेजबीच मंगलबार राति बढी शुल्क फिर्ता गर्ने सहमति भएको थियो । उक्त सहमतिसँगै चितवन मेडिकल कलेजले शुक्रबार पत्रकार सम्मलेन गरी बढी शुल्क फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।