न्यु अफ नेपाल, सिन्धुली ।
प्रदेश ३ को प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीले उत्कृष्ट काम गर्ने प्रहरीहरुको सम्मान हुने बताउदै सबैभन्दा ठूलो धर्म नै जनताको मन जित्नेगरी काम गर्नु रहेको बताएका छन् ।
केन्द्रद्वारा आयोजीत प्रहरीहरुको बिधाई तथा स्वागत कार्यक्रममा बोल्दै भण्डारीले प्रहरीहलाई जनताको सेवामा अनवरत जुट्न आह्वान गरेका छन् ।
उक्त कार्यक्रममा भण्डारीले नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौबाट यस केन्द्रमा खटिन आएकी प्रा. प्र. नि.डा. रमा बिष्टको स्वागत तथा उक्त केन्द्रमा कार्य अबधि सम्पन्न गरी नेपाल प्रहरी अस्पताल जान लागेकी प्रा. प्र. नि.डा. सीता पौडेलको बिदाई गरेका हुन् ।
भण्डारीले पौडेललाई पदीय दायित्व तथा कर्तब्यप्रति ईमानदार रही प्रतिकुल परिस्थितीमा समेत अबिचलित नभई उत्साहपूर्वक स्वास्थ सेवा प्रदान र केन्द्रलाई सहयोग गरी महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै प्रंशसा पत्र समेत प्रदान गरेका छन् ।
यस्तै उनले नव आगन्तुक बिष्टलाई स्वागत गर्दै आगामी कार्यकालमा उत्साह र लगनशिलताका साथ कार्य सम्पादन गर्नको लागि शुभकामना दिएका छन् ।















प्रतिक्रिया