एक लाखको पत्थरलाई करोडौँको भन्दै झुक्याएर कारोबार गर्न खोज्ने ५ पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

गैरकानूनीरुपमा ओसारपसार गरेको एक लाखको पत्थरलार्ई करोडौँको भनि झुक्याएर कारोबार गर्न खोज्ने पाँच जनालाई क्राइम ब्रान्च हनुमान ढोकाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे बेथानचोक नगरपालीका ४ घर भई पनौती नगरपालीका ४ मा बस्दै आएका नबराज खड्का, झापा गौरादह नगरपालीका १ का हरि खापुङ, झापा शिबसताक्षीधाम नगरपालीका ४ का यम कुमार गिरी, मोरङ बुढिगंगा गाउँपालीका ५ का लोक बहादुर सार्की र रौतहट चन्द्रपुर नगरपालीका १ का भिम बहादुर लामा रहेका छन् ।

गैरकानूनीरुपमा ओसारपसार गरेको बिभिन्न पत्थरहरु करोडौ मुल्य पर्ने भन्दै झूक्याई कारोवार गर्न लागेको बिशेष सूचना प्राप्त भए लगत्तै क्राइम ब्रान्च हनुमान ढोकाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बिभिन्न रङका मोजनाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र पहेलो धातुमा जडित औठी ८.९३ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।