वर्तमान सरकारले निर्वाचन आचारसंहिताको खिल्ली उडाएको छ : नेता महर

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ । 

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले शनिबार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुने उपनिर्वाचनमा सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

निर्वाचनमा धाँधली गर्ने डिजाइनसहित शुक्रबार प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल शाहको सरुवा गरेर नेकपा नेतृत्वको वर्तमान सरकारले निर्वाचन आचारसंहिताको खिल्ली उडाएको आरोप लगाएका हुन् । बम पड्काउने र तर्साउने कार्यमा समेत नेकपा सक्रिय रहेको नेता महरको भनाई छ ।

पोखराको बैदाममा रहेका शाहलाई साग गेमको सुरक्षा हेर्ने गरी सरुवा गरिएको बताइएको छ । शाहको स्थानमा पर्वतका डिएसपी विनोद सुवेदीलाई ल्याइएको छ । नेपाली कांग्रेसले पनि निर्वाचन आचार संहिता विपरित प्रहरी प्रमुखको सरुवा गरेको भन्दैं आपत्ती जनाएको छ । निर्वाचन प्रभावित गर्ने उद्धेश्यले डिएसपीको सरुवा गरिएको कास्की कांग्रेसले जनाएको छ ।

नेकपाका तर्फबाट विद्या भट्टराई र कांग्रेसका तर्फबाट खेम राज पौडेलबीच कास्की २ मा मुख्यप्रतिस्पर्धा हुदैंछ ।