९० हजार घुससहित प्रहरी इन्सपेक्टर रङ्गेहात पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जिल्ला प्रहरी सर्लाहीमा कार्यरत इन्सपेक्टर रामकिशोर शाह घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका छन् । ठगी मुद्दा मिलाई दिने बहानामा सेवाग्राहीसँग ९० हजार घुस लिइरहेको अवस्थामा शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पक्राउ गरेको हो ।

पक्राउ परेका शाहमाथि थप अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ ।