बलात्कार अभियोग लागेका सिद्धबाबालाई पक्राउ गर्न अदातलको आदेश

0
Shares

न्युज अफ नेपाल काठमाडौँ ।

सिद्धबाबाका नामले परिचित कृष्णदास गिरीलाई जबर्जस्ती करणी अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । गिरीविरुद्ध सुनसरीको जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ ।

गिरीमाथि एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी दर्ता गराएकी छन् । बिहिबार उजुरी दर्ता भएपछि जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।