मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा चक्कु र हेलमेट प्रहार गरी हत्या

0
Shares

न्युज अफ नेपाल, महेन्द्रनगर ।

मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा युवकको हत्या गर्ने चार जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ का ३० वर्षीय महेश नाथ, वडा नम्बर १५ का २२ वर्षीय गम्मा भनिने गणेश लुहार, रोनी भनिने नविन सिंह र २२ वर्षीय विनोद बोहरा रहेका छन् ।

चार जनाको ममूहले बिहीबार भीमदत्त नगरपालिका–१८ गोबरैयामा २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै चक्कु र हेलमेट प्रहार गरेर हत्या गरेको थियो । प्रहरीले उनीहरुको साथबाट पन्तको हत्यामा प्रयोग भएको एक थान चक्कु, से १ प ३७७८ नम्बरको मोटरसाइकल र म ३ प १०७० नम्बरको स्कुटी बरामद गरेको छ ।

मोटरसाइलमा सवार पन्तलाई चार जनाको समूहले आफूहरुको स्कुटरलाई ‘ओभरटेक’ गरेको निहुँमा कुटपिट गरेको थियो । घाइते पन्तलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारत लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।