डाक्टर झा पक्राउ परेको घट्नाप्रति चिकित्सक संघको आपत्ति

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बिरामी महिलामाथि बलात्कार प्रयास गरेको अभियोग लागेका मेडिसिटीका डाक्टर रोहितकुमार झालाई प्रहरीले पक्राउ गरेकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघले संशोधित मुलुकी अपराध संहिता ऐन बमोजिमको कानुनी कारवाही अगाडि बढाइ चिकित्सा क्षेत्रमा कानुनी राज्यको प्रत्याभूति दिलाउने वातावरण तयार गर्न सरकार समक्ष माग गरेको छ । संघले डाक्टरमाथि लागेको आरोपका विषयमा ऐन अनुसार अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गर्ने व्यवस्था रहेको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा कार्यरत डाक्टर झा यौन दुर्व्यवहारको आरोपमा गत मंसिर ९ गते पक्राउ परेका थिए।

विज्ञप्ति :