फेरी बढ्यो सुनको मूल्य, तोलाको कती ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

शुक्रबार सुनको मूल्य प्रतितोला तीन सयले बढेको छ । बिहीबार प्रतितोला ७१ हजारमा कारोबार भएको सुनको मूल्य आज ७१ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । तेजाबी सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएका चाँदी आज प्रतितोला ८ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।