सुर्खेतमा हायस दुर्घटना हुँदा ३ को मृत्यु, ७ घाइते

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सुर्खेतमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे१ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी अन्य सात जना घाइते भएका छन् । मृत्यु भएका तीन जनाको सनाखत हुन सकेको छैन । रानीमत्ता प्रहरी चौकीबाट खटेको टोली र स्थानीयको सहयोगमा घाइते उद्धार भएको हो ।

घाइतेहरूबारे थप विवरण आउन बाँकी छ।