त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ र नाम नखुलेका अर्का एक व्यक्ति सुन सहित पक्राउ परेका हुन्।

उनीहरु नेपाल एयरलाइन्सको विमानमार्फत नेपाल आएका थिए। दुबैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।