चिकित्सकलाई प्रहरीले थुनामा राखेको भन्दै नेपाल चिकित्सक संघको ध्यानाकर्षण


न्युज अफ नेपाल, काठमाडाैँ ।

नेपाल मेडिसिटी अस्पतालमा बिरामीको जाँच गर्दा एकजना चिकित्सकलाई प्रहरीले हिरासतमा लिई थुनामा राखेको सम्बन्धमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारले २०७५ साल भदौं १ गते देखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध संहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित गरिएको थियो ।

जसले गर्दा बिरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न हुने भएकोले नेपाल चिकित्सक संघले देशभर विभिन्न संघर्ष र विरोधका कार्यक्रमहरु संचालन गरेको थियो ।

अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसूरको अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन कसूर गरेको प्रमाण भेटिएको खण्डमा मात्र मुद्दा चलाउन सकिन्छ ।

मुलुकी अपराध संहिता ऐन बमोजिमको कानूनी कारवाही अगाडी बढाई कानूनी राज्यको प्रत्याभूति दिलाउने वातावरण तयार गर्न नेपाल सरकार समक्ष नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ भनि संघका महासचिव डा.लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।