प्रधानमन्त्री र राष्ट्रपतिको फोटो फेसबुकमा पोष्ट गर्ने पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने एकजना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कैलालीको मसुरिया–६ बस्ने २३ वर्षीय आशीष सिंहलाई बिहीबार पक्राउ गरेको हो।

उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोलाई फोटोसपको माध्यमबाट इडिट गरी फेसबुकमा हालेकाले पक्राउ गरीएको बताइएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनले प्रारम्भिक बयानका क्रममा अरुले नै बनाएको फोटो आफुले फेसबुकमा हालेको बयान दिएका छन्।

उनले प्रधानमन्त्री र राष्ट्रपतिले जिन्सको पाइन्ट लगाएर एक अर्कालाई आलिङ्गन गरेको फोटो फेसबुकमा हालेको बताइएको छ।

उनले प्रधानमन्त्रीले जिन्सको पाइन्टोको गोजीमा हात हालेको र राष्ट्रपतिले भेस्ट र जिन्सको पाइन्ट लगाएर खुट्टो उचालेको फोटो फेसबुक हालेका थिए।