नेवि संघका इकाई अध्यक्षमाथी खुकुरी प्रहार, नेविसंघद्वारा क्याम्पस प्रमुख कार्यकक्षमा तालाबन्दी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वमा नेपाल कमर्स क्याम्पसमा शान्ती सुरक्षाको माग गर्दै क्याम्पस प्रमुख जीवन कुमार भट्टराईको कार्यकक्षमा तालाबन्दी गरेको छ।

नेपाल कमर्स क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सिना लगायत केही विद्यार्थी नेताहरुलाई सत्तारूढ दल अखिलकाका केही नेताकार्यकर्ताले खुकुरी प्रहार गरेर घाइते बनाएपछि नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसले सुरक्षाको प्रत्याभूति गराएर घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउन सहयोग गर्न माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको छ।

तालाबन्दी पछि नेपाल विद्यार्थी संघले क्याम्पसको गेटमा भेला भएर कोणसभा गरेको थियो। कोणसभालाई सम्बोधन गर्ने नेताहरूले घटनामा अपराधिहरुलाई तत्काल कार्वाही गरेर पीडितलाई न्याय दिन पनि माग गरे।

प्रहरीको अत्याचारले सिमा नाघेको भन्दै सरकार कांग्रेसको पनि आउने र सत्तामा कांग्रेस पनि जाने भन्दै त्यतातिर सचेत रहेर प्रहरीलाई सत्ताको दास नबन्न चेतावनी पनि दिए। घटनामा संलग्न अपराधीहरुलाई कानुनी दायरामा नल्याए आन्दोलन झन चर्काउने नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले बताए।