हुण्डी कारोवारमा संलग्न दुई जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ । प्रहरीले अवैध हुण्डी कारोवारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखबाट खटिएको प्रहरी टोलिले बिहिबार काठमाढौँको न्युरोडबाट कृष्ण प्रसाद भट्टराई र अर्घाखाचीको शितगंगा नगरपालिका वडा नं.४ जोगेनिकोटका गोवर्धन प्रसाद सरावगीलाई पक्राउ गरेको हो ।

अन्जनी ओभरसिजका संचालक सरावगीले हुण्डि गर्न दिएको ३० लाख नगद र काठमाढौको रणमुक्तेश्वर स्थित अन्जनी ओभरसिजका संचालक सरावगीलाई अवैध रकम रू ८ लाख १२ हजार नगद लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित पक्राउ गरी आवश्यक अनुसन्धान जारिरहेको प्रहरी बरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले बताउनुभयो ।