सामाजिक सुरक्षा कार्यक्रममा सहभागिता निराजनक, करिब दुई लाख सुचिकृत


सरोज यादव, विराटनगर ।

सामाजिक सुरक्षा कोषमा श्रमिक र उद्योग प्रतिष्ठानहरु सुचीकृत नहुँदा प्रदेश १ का मजदुरहरु आन्दोलित बनेका छन ।

टे«ड युनियन मजदुरहरुले पटकपटक रोजगारदाता र सरकारलाई छलफल बहस र अनुरोध गर्दै आईरहदाँ पनि कुनै सुनुवाई हुनसकेको भन्दै उनीहरु रुष्ट बनेका हुन ।

पटकपटक सुचीकरणका लागि समय थप गरिरहँदा पनि सम्पुर्ण उद्योग प्रतिष्ठान र श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सुचीकृत हुन नसक्दा र श्रम ऐन पनि सही ढङ्गले कार्यान्वयन हुन नसकेको भन्दै संयुक्त टे«ड युनियनहरु आन्दोलित भएका छन् ।

विहिबार विराटनगरमा बुहत र्याली निकालेर उनीहरुले नयाँ श्रम ऐन लागु गर्न र सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठानहरु सुचीकृत गर्न जोडदार माग गरेका छन ।

सम्पुर्ण रोजगारदाताहरुलाई आह्वान सामाजिक सुरक्षामा सुचीकरण हाम्रो अभियान भन्ने मुल अभिप्रायका साथ निकालिएको उक्त र्यालीमा टे«ड युनियन तथा श्रमिकहरुले सामाजिक सुरक्षामा सुचिकृत नगर्नेलाई कारबाही गर, सबै श्रमिकका लागि सामाजिक सुरक्षा योजना निमार्ण गर, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर र अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजनाको व्यवस्था गर लगायतका नारा लगाएका थिए ।

सोही अवसरमा नेपाल ट्रेड युनियन मोरङका अध्यक्ष सुशील कोइरालाले उद्योेगी व्यावसायीहरुले सामाजिक सुरक्षा कोष सुचीकृत गर्न आनाकानी र राजनीति गर्दै आएको आरोप लगाउनुभयो ।

त्यस्तै संयुक्त टे«ड युनियन महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिका प्रसाईले सबै उद्योग प्रतिष्ठान, व्यावसायिक संगठन र कलकारखानाहरु छिट्टै सामाजिक सुरक्षा कोषमा सुचीकृत नभए प्रदेश नम्बर १ का २० लाख मजदुरहरु सडकमा उत्रने चेतावनी दिनुभयो ।

यता संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश नम्बर १ का अध्यक्ष किशोर धमलाले हालसम्म १ लाख ६८ हजार ४ सय ३४ वटा उद्योग प्रतिष्ठानहरुमध्ये १ हजार ७ सय वटा प्रतिष्ठानहरु मात्रै सुचीकृत भएको जानकारी दिनुभयो । उहाँले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कोष २०७४ हालसम्म पनि कार्यान्वयनमा आउन नसक्नु र श्रमिकहरु अझै पनि अन्यौलमा रहनुको कारण समेत माग गर्नुभयो ।

सरकारले सम्पुर्ण उद्योग, व्यवसायिक प्रतिष्ठान र श्रमिकहरुका निम्ति श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कोष २०७४ जारी गरेको थियो । उक्त श्रम ऐन र सामाजिक सुरक्षा कोष कार्यान्वयनका लागि टे«ड युनियनहरुले रोजगारदाता र सरकारसमक्ष जोडदार माग गर्दै आईरहेका छन ।

गत बर्ष नेपाल सरकारले मंसीर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा दिवसको अवसरमा सम्पुर्ण उद्योग प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत गर्न आह्वान गरेको थियो ।

रोजगारदाताको सुचिकरण थालनी काठमाडौं उपत्यका भित्र मंसिर ६, प्रदेश नं ३ मा मंसिर १५, प्रदेश नं २ मा पुष १५, गण्डकी प्रदेश र प्रदेश नं ५ माघ १, सुदुरपश्चिम प्रदेशमा माघ १५ बाट गरिएको छ ।