गोसाइकुण्डमा बन्न लागेको सुख्खा बन्दरगाह ३० महिनामा सम्पन्न हुने


सरस्वती न्यौपाने, रसुवा ।

जिल्ला स्थित गोसाइकुण्ड गाउँपालिका २ टिमुरेमा हुन लागेको सुख्खा बन्दरगाह दुई अर्वको लागतमा अबको ३० महिनामा सम्पन्न हुने भएको छ ।

८ दशमलव ५ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन हुनेछ । त्यसमा प्रशासनिक कार्यका लागी भन्सार, क्वारेन्टाइन बैंक, ल्याब, सुरक्षा लगाएत कार्यालय रहने छ भने यसका लागी करिब १२ करोड ४० लाख चिनियाँ युआन अर्थात १ अर्ब ९८ करोड नेपाली रुपैयाँ लागत लाग्नेछ ।

३ सय १५ भन्दा बढी ट्रक तथा कन्टेनर राख्न सकिने गरि पार्किङ स्थल निर्माण हुने बन्दरगाह ७ सय ५० वर्गमिटरको क्षेत्रफलमा गोदाम घर निर्माण हुने रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

चिनले आफ्नो भुभाग रसुवागढी नाकाबाट करिब ३० कि.मि टाढा केरुङमाथी पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गरिरहेको छ ।

चीनको सिगाटसे देखी केरुङसम्मको दुरी चार सय पचास कि.मि. छ ।

तिब्बते फुलि कन्स्ट्रक्सन गु्रप लिमिटेड र नेपाल इन्टर मोडेल यातायात विकास समिति बि चगत वैशाख २९ गते सुख्खा बन्दरगाह निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

निर्धारित समयमै बन्दरगाह निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने चिनिया पक्षले जनाएको छ । निर्माण सुरु भएको मितिले ३० महिनामा सम्पन्न गर्ने गरि चीनको तिब्बतस्थित तिब्बते फुली कन्स्ट्रक्सन गु्रप लिमिटेडले निर्माणको जिम्मा पाएको छ ।

नेपाल र चीनबीच भएको सम्झौता अनुसार चिनिया पक्षले सुख्खा बन्दरगाह निर्माण गरि नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।